इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आँफुले पत्रकारमाथी भएको दुब्र्यवहार गरेको स्विकार्दै माफी मागेका छन्। चौधरीले बिज्ञप्ती जारी गर्दै आफ्नो ब्यवहारले पत्रकारहरुमा चोट पुगेको भन्दै माफि मागेका हुन्।

लोकतन्त्रमा कानुनी राज्यमा प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रताको पक्षमा आफु सँधै रहेको भन्दै आगामी दिनमा हातमा हात मिलाएर अगाडी बढ्ने प्रतिबद्धतासहित लिखित माफी मागेका छन्। चौधरीले आफु ब्यस्त रहेको बेला पत्रकारहरुसँगको कुराकानीको क्रममा भएको बिवादलाई माफी माग्दै मेयर चौधरी इटहरी बनाउन पत्रकार र जनप्रतिनिधि मिल्नु पर्ने बताएका हुन। मेयर चौधरीले केहि दिन अगाडी पत्रकार कृष्ण बहाव भट्टराई र विकल रेग्मीलाई दुब्र्यवहार गरेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जेष्ठ ८ गते कर्मचारी र पत्रकारहरुलाई गरेको दुब्र्यवहारको बिषयमा उपमेयरले मागेको माफी प्रति पत्रकारहरुले नमाने पछि मेयरले लिखित माफी मागेका हुन। पत्रकार महासंघले मेयर आफैले माफी माग्नुपर्ने भन्दै ४८ घण्टे अल्टिमेटम दिएका थिए।पुर्बी खबर

हेर्नुहोस बिज्ञप्ती