अम्मान (जोर्डन), 10 असोज । जोर्डनका प्रसिद्ध लेखक तथा व्यङ्ग्य चित्रकार नेहद हेतार कार्टुनिस्टलाई जोर्डनको एक अदालत परिसरमा आइतबार गोली हानी हत्या गरिएको छ ।

उनलाई इस्लाम धर्मविरोधी व्यङ्ग्यचित्र सामाजिक सञ्जालमा प्रकाशन गरेको आरोपमा अदालतमा मुद्दा थियो । उनिमाथि लागेको आरोपमाथि अदालतमा तारिख बुझ्न त्यहाँ पुगेका बेला अज्ञात व्यक्तिले तीनवटा गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएको जोर्डनको सरकारी समाचार संस्थाले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दाह्री पालेको र मुसलमानहरुले लगाउने खैरो कपडा लगाएको आक्रमणकारीले ५६ वर्षीय क्रिश्चियन धर्मावलम्बी हेतारको हत्या गरेपछि आफै प्रहरीसमक्ष आत्मसमर्पण गरेको बताइएको छ ।

गएको अगस्ट १३ मा पक्राउ परी सेप्टेम्बरको सुरुमा धरौटीमा छुटेका हतारले आफ्नो फेसबुक पेजमा व्यङ्ग्य गर्दै इस्लामका भगवान भन्ने शीर्षकमा एउटा चित्र सार्वजनिक गरेको आरोपमा अदालतमा मुद्दामाथि अदालती छानबिन भइरहेको बताइएको छ । रासस/एएफपी