दमक । झापाको दमक स्थित दमक बहुमुखी क्याम्पसका प्राध्यापक तथा सह प्राध्यापकहरु आज बिहिबारबाट आमरण अनसन बस्ने भएका छन् । क्याम्पसमा कार्यरत प्राध्यापक तथा स हप्राध्यापकहरुको एक महिना अघिदेखीको रिले अनसनको स्वरुपलाई परिवर्तन गरि भोलीबाट आमरण अनसनमा बस्न लागेका हुन् ।

आन्लोलनरत प्राध्यापक तथा सह प्राध्यापकहरुले पत्रकार सम्मलेनको आयोजना गर्दै विगतमा क्याम्पस संचालक समिति र प्रशासन बीच भएको सहमतिलाई उलंङ्घन गरि आन्दोलित प्रध्यापकहरुको मागलाई बेवास्था गर्दै एकलौटी ढंगबाट अघि बढ्न खोजेकाले आन्दोलनको स्वरुप परिवर्तन गर्नु परेको बताए । गत भदौ १६ गतेदेखी तीनवटा प्रध्यापक संघ संगठनका प्राध्यापक तथा सह प्राध्यापकहरु रिले अनसन बस्दै आएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिहिबारबाट गर्ने भनिएको आमरण अनसनमा नेपाल प्रध्यापक संगठनका तर्फबाट अखिलेश्वर लाल दास, प्रजातान्त्रिक प्राध्यापक संघका तर्फबाट डाक्टर नेत्र बहादुर बुढाथोकी र नेपाल प्रगतीशिल प्राध्यापक संगठनका तर्फबाट गीता अधिकारी आमरण अनसनमा बस्ने जनाइएको छ । उनीहरुले आन्दोलनले क्याम्पसको अध्यायन तथा अध्यापनमा कुनैपनि नहुने समेत पत्रकार सम्मेलन मार्फत जानकारी गराए । हिमशिखर टेलिभिजन