संयुक्त राज्य अमेरिकाले वासिङटनले अलकायदासँग सम्बन्धित सिरियाली विद्रोहीलाई भित्रभित्रै सहयोग गरिरहेको भन्ने रुसी भनाई आधारहीन भएको बताएको छ।
रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले अमेरिकाले विगतमा नुस्रा फ्रन्ट भनेर चिनिएको जिहादी समूहका मध्यमार्गी विद्रोही साझेदारलाई पहिचान गर्न नसकेको टिप्पणी गरेका थिए।यसै महिनाको सूरुमा मस्को र वासिङ्गटनबिच भएको युद्धविराम सम्झौतामा विद्रोही फौजको पहिचान गर्ने बुँदा उल्लेख थियो।
तर अमेरिकी विदेश मन्त्रालयले युद्धविराम भंग भई अलेप्पोमा गोलाबारी चर्किएपछि विद्रोही फौजहरुको वर्गीकरण गर्ने समय आफुले नपाएको बताएको छ।
आरोप
Image copyrightAPउनको भनाई थियो, “हामी रुस र अमेरिकाबिच भएको सम्झौता कार्यन्वयन गरिनुपर्ने विश्वास गर्छौँ। त्यसका लागि नुस्राबाट विपक्षीलाई अलग गरिनुपर्छ। त्यो कुरा अमेरिकाले कागजमा भन्दा व्यवहारमा लागु गर्यो भने त्यसपछि हामी तत्कालै युद्धविराम लागु गर्न दबाब दिनेछौँ।”
वासिङ्टनले यसअघि नै रुस र सिरियाको सत्ताले अलेप्पोमा बमबारी नरोके आफुले मस्कोसँगका कुटनीतिक वार्ताहरु तोड्ने चेतावनी दिएको थियो।
यो महिनाको सुरुमा मस्को र वासिङ्टनबीच भएको सम्झौतामा, सिरियाका तथाकथित मध्यमार्गी विपक्षी फौजलाई जिहादी समूह अल नुस्राबाट छुट्याउने प्रतिबद्धता जनाइएको थियो।
तर युद्धविराम भंग भएपछि र रुसको समर्थन पाएको सिरियाको सत्तापक्षले बमबारीलाई तेज पारेपछि अमेरिकाले सम्झौता कार्यान्वयन र फौजहरुलाई छुट्याउनका लागि यथेष्ट समय नदिइएको बताएको छ।
Image copyrightREUTERSउनले अमेरिकी सरकारले वार्ताको ढोका बन्द गर्न नचाहेको पनि जनाए।
अमेरिकी अधिकारीहरुले यदि रुससँग वार्ता असफल भए अपनाउन सकिने अन्य विकल्पबारे पनि सोचिरहेको बताएका छन्।
तर ति विकल्पहरु के हुन सक्लान् भन्नेमा चाहिँ उनीहरु अझै स्पष्ट देखिँदैनन्।










