प्रदेश नम्बर १ का निर्देशकको एक भेलाले शनिबार "चलचित्र निर्देशक समाज प्रदेश नम्बर १ नेपाल" गठन भएको छ ।

केशव रायमाझीको अध्यक्षतामा उपाध्यक्ष ज्ञानेन्द्र कोइराला, रबिन श्रेष्ठ सचिव हरिन्द्रमान खत्री सहसचिव बिनोद पुडासैनी कोषाध्यक्ष राजु चौधरी सदस्य हरुमा होमनारायण राजवंशी ,हुदुवा खवास,मौसम इबुङ सुर्य चेम्जोङ र बिजय सुब्बा रहेका छन भने सल्लाहकारमा प्रेम सुब्बा ,अरुणकुमार प्रधान,भीम लामा,पर्शुराम चौधरी, इन्द्र परियार,लाखमान योञ्जन रहेका छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इटहरी उपमहानगरपालिका जुटबिकासमा शनिबार भएको निर्दशकहरुको भेलाले सर्वसम्मत कार्यसमितिको चयन गरेको हो ।

चलचित्र कर्मी महासंघका अध्यक्ष अरुण प्रधानको अध्यक्षतामा बसेको उक्त भेलामा निर्देशकहरु चलचित्र कर्मी महासंघका सल्लाहकार प्रेम सुब्बा ,उपाध्यक्ष प्रकाश सुब्बा ,महासचिव दिनेश कोईराला लगायत बिजय संयोग सुब्बा ,सन्तोष सरकार, ओम नारायण राजवंशी ,सुमन योञ्जन वरन गिरी सहितको उपस्थित रहेको थियो ।