काठमाडौँ। नेपाल चलचित्र उपकरण संघको तेर्हौं बार्षिक साधारण सभा सम्पन्न भएको छ। चलचित्र विकास बोर्ड चाबहिलमा संघको साधारण सभा सम्पन्न भएको हो। चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संघका निवर्तमान महा सचिव सम्राट सापकोटाले अध्यक्षता गरेका थिए। कार्यक्रममा विभिन्न चलचित्र संग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा संघका नव निर्वाचित पधाधिकारीहरुलाइ सपथ ग्रहण गराइयो। गत असोज ५ गते कार्यसमितिको सर्वसम्मत चयन गरिएको थियो। बिस्व प्रकाश गौचनको अध्यक्षमा गठित समितिमा उपाध्यक्ष रमेश बुढाथोकी,महासचिव केशब घिमिरे,कोषाध्यक्ष जीवन थापा,सदस्यहरुमा माधव थापा,बिश्नु कल्पित,रुद्र गुरुङ,मनोज राजभन्डारी,राजन पुरी,शान्तिराम थापा,चेतनाथ तिमल्सिना चयन भएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष दाहालले ‘संघ संस्थाको आपसी संयोजन हुन जरुरि रहेको बताए’ । ‘अब चलचित्र क्षेत्रलाइ चलाएमान बनाउनु पर्छ, चलचित्र निर्माण भएन भने उपकरणको काम नहुने भन्दै दाहालले पेशागत संघ संस्थाहरु मिलेर जाँदा धेरै समस्या समाधान हुने बताए’।