काठमाण्डाै - पछिल्लो समय निक्कै चर्चामा रहेको 'फूलबुट्टे सारी' बाेलकाे गीतको संस्कृत भर्सन सार्वजनिक भएको छ ।

राजनराज शिवाकोटीको यो गीतलाई जागरण घिमिरेले संस्कृतमा गाएका हुन् । गीतका शब्दलाई के एन स्वामीले संस्कृतमा अनुवाद गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गीतकाे संस्कृत भर्सनसँगै भिडियो ‘केएन स्वामी अफिसियल’ नामको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हाे ।

लेजेन्डरी भर्सन अन्तर्गत हास्यकलाकार मदनकृष्ण श्रेष्ठ तथा गायिका मिलन नेवार, गायक मार्मिक लामा, चाइल्ड भर्सनमा अरिष्मा शिवाकोटी साथै युगान्डाकी बियोन्से फामासी नामकी गायिका लगायतको भर्सनमा आएको यो गीतले निक्कै चर्चा पाएको छ ।

१२ वर्षअघि राजनराज शिवाकोटीले गाएको यो गीत पञ्जाबी भाषामा समेत रेकर्ड भइसकेको छ । विशेषत टीकटकबाट चर्चामा आएको याे गीत र यसकाे म्युजिक भिडियाेले रिलिज भएकाे छाेटाे समयमै लाखाैँ भ्युज बटुलेकाे छ ।

अहिले याे गीत विभिन्न भर्सनमा सार्वजनिक भइरहेकाे छ ।

https://youtu.be/Fsoo6uvhHJU