काठमाडौं । ‘मायालुको शहरमा मेरो गाउँमा घर छ’ गीत खुबै चर्चामा रहेको थियो । गीतमा गाउँ र शहरमा हुने भिन्नता देखाउन खोजिएको थियो । पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा केहि न केहि भाइरल हुने गर्छ ।सामाजिक सञ्जाल ट्विटरमा एक तस्विर खुबै चर्चामा रहेको छ । कुल्लु र मनाली, भारतकी तिशा डोगराले एक युवतीको तस्विर साझा गरिन् । तस्विरसँगै क्याप्सन लेखिएको छ, ‘सहरी बालबालिकालाई गाउँमा लैजानुहोस् नत्र यस्तो भइरहनेछ ।’

एक युवती गोबरको तस्विर लिइरहेकी छिन् । हजारौंले मन पराएको सो तस्विरमा सयौंको संख्यामा प्रतिकृयाहरु आइरहेका छन् । मञ्जु लेख्छिन्, ‘तपाईंका अनुसार सहरमा गाईको गोबरबारे जानकार हुँदैनन् ।सहरका बालबालिका गाईको गोबरप्रति पूर्णतया अनभिज्ञ छन् किनभने शहरमा गाई गोबर गर्दैन् ।’ एक आमा लेख्छिन्, ‘साँचो, केटाकेटी हुर्काउनको लागि एउटा गाउँ चाहिन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रमाइलो एक ठाउँमा, जब मैले मेरा बच्चाहरूलाई मेरो पुर्खाको गाउँमा लिएर गएँ, तिनीहरू मन्त्रमुग्ध थिए । तिनीहरूलाई आफ्नो जग थाहा दिनुहोस् ।’ यसमा थरी थरीका रमाइला प्रतिकृयाहरु आइरहेका छन् ।

https://twitter.com/TishaDogra/status/1487727390298046468?s=20&t=6lalRtog8NTE4HoQPhS_Zg