काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा कुनै समय एकछत्र राज गरेकी अभिनेत्री निरुता सिंह अहिले पनि सक्रिय छिन् । भलै, आजको दिनमा उनको क्रेज पहिलेको जस्तो छैन । तर पनि उनीसँग काम गर्न निर्माता-निर्देशकको उत्साह अझै पनि उस्तै छ ।निरुताले आठ वर्षपछि चलचित्र ‘नाइँ नभन्नु ल ५’बाट ठूलो पर्दामा कमब्याक गरिन् । तर उनको कमब्याकलाई दर्शक र मेकरले भने खासै रुचिकर नठानेको देखिन्छ ।

उनी अहिले एउटा डान्स रियालिटी शोको निर्णायकको रुपमा व्यस्त छिन् ।निरुतालाई मिडियाले सोध्ने एउटै स्थायी प्रश्न, उनको बिहेको हो । आजसम्म बिहे नगरेकी यी सुन्दरीले अब बिहे कहिले हुन्छ भनेर पनि जवाफ दिने गरेकी छैनन् । बरु उनको बिहेको विषयमा एउटै जवाफ हुने गर्दछ ।निरुता भन्छिन्, ‘मलाई सबैले बिहे कहिले हुन्छ भनेर मात्र सोध्नुहुन्छ । तर बिहेका लागि केटा तयार छन् है भनेर कसैले देखाउने गरेको छैन ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निरुताले विवाह भनेको माथिबाट नै जुराएर आएको हुने भएकाले समय आएपछि हुने तर्क गरिन् ।आफूलाई सधैं ‘स्विट १६’ भन्ने गरेकी निरुताको मेन्टेन धेरैका लागि प्रेरणा पनि बन्ने गरेको छ ।