गाजा क्षेत्रमा मंगलबार राति इजरायली आक्रमणबाट थप ८० जनाको मृत्यु भएको छ। इजरायली आक्रमणबाट गाजामा थप ८० जनाको मृत्यु भएको हमास समूहले दावी गरेको छ।

हमास समूहले समाचार एजेन्सी एएफपीलाई जानकारी दिएअनुसार इजरायलको आक्रमणबाट ८० भन्दा बढीको मृत्यु भएको र सयौं घाइते भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्यालेस्टाइनी विद्रोही समूह हमासका लडाकुहरूले ७ अक्टुबरदेखि इजरायलमाथि आक्रमण सुरू गरेको हो। सो दिन आक्रमणमा परी १४ सय बढी मानिसको मृत्यु भएको थियो।

त्यसयता इजरायलले गाजामा हमासको स्थानलाई निशाना बनाउँदै आएको छ। हमासको स्वास्थ्य मन्त्रालयले इजरायलको आक्रमणबाट ५८०० सय बढी मानिसको मृत्यु भइसकेको छ। मंगलबार मात्रै गाजामा ७०० बढी मानिसको मृत्यु भएको बताइएको छ। जुन एकै दिनमा भएको सबैभन्दा बढी मृत्यु हो।