माेरङ - मोरङको शुन्दरहरैंचा नगरपालिका ६ मा जंगली हात्तीको बच्चा मृत अवस्थामा फेला परेको छ । स्थानीय भक्तराज लिम्बूले लगाएको केराको बगानभित्र छावा मृत अवस्थामा भेटिएको लाटीझोडा सब डिभिजन वन कार्यालयका प्रमुख एवं अधिकृत अमृतविलाश पन्तले जानकारी दिए । पन्तका अनुसार भाले जातको छावा आज बिहान ६ बजेतिर मृत अवस्थामा भेटिएको हो । अन्दाजी ६÷७ वर्षको जस्तो देखिने हात्तीको बच्चा केरा बगानभित्र मृत फेला परेको देखेपछि स्थानीयले वन कार्यालय र प्रहरीमा खबर गरेका थिए । मृत फेला परेको छावाको सुँडको छेउमा सामान्य चोट देखिएको छ । छावाको के कारणले मृत्यु भएको हो भन्ने बिषयमा खुल्न बाँकी छ ।
मोरङको शुन्दरहरैंचास्थित केरा बगानभित्र हात्तीको बच्चा मृत फेला
सवाल नेपालसंवाददाताबुधबार, ३० जेठ २०८१

मोरङको शुन्दरहरैंचास्थित केरा बगानभित्र हात्तीको बच्चा मृत फेला
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



