लगातारको वर्षाका कारण झापाको दक्षिणी क्षेत्र डुबान भएको छ । असार लागेसँगै झापामा निरन्तर पानी परिरहेको छ । झापाको बाह्रदशी गाउँपालिका राजगढमा रहेको पशुपति माविको हाताभित्र पानी पस्दा डुबानमा परेको छ । त्यस्तै, कचनकवल, झापा, गौरीगञ्जका अधिकांश क्षेत्र डुबानमा परेका छन् । तीन दिनयता लगातार परेको पानीको कारण कनकाई माई खोलामा आएको बाढीले झापा गाउँपालिकामा मकैबाली नष्ट भएको छ । झापा–२ सुगाबथान टोल नजिकमा स्थानीय कृषकले अन्दाजी ५० बिघामा लगाएको मकै खेतीमा पानी पसेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापाका कनकाई, मेची, बिरिङ, रतुवा, कमल, किस्ने, देउनियाँ, निन्दा, मावा, हडिया, टाङटिङ, सतासीलगायतका नदी तथा खोलामा पानीको बहाव बढेपछि दक्षिणी क्षेत्र डुबानमा परेको हो । ती क्षेत्र बाढी प्रभावित इलाका हुन् । शिवसताक्षी र कनकाई नगरपालिका तथा गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकवल गाउँपालिकाका बस्तीहरू अत्यधिक वर्षाका कारण जोखिममा छन् । झापाका यी स्थानीय तह बाढीबाट बर्सेनि पीडित बन्दै आएका छन् । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार वर्षाका कारण डुबान भएका क्षेत्रको तथ्याङ्क सङ्कलन भइरहेको छ । वर्षाका कारण जिल्लाका ग्रामीण क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।
निरन्तरको बर्षाले झापाका अधिकांस भूभाग डुबानमा
सवाल नेपालसंवाददातामंगलबार, ५ असार २०८१

निरन्तरको बर्षाले झापाका अधिकांस भूभाग डुबानमा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पर्सि शुक्रबार देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना

यो पनि पढ्नुहोस् »
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पर्सि शुक्रबार देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
यी भूभागमा वर्षा र हिमपातको सम्भावना
बुधबार, २ वैशाख २०८३
यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
आइतबार, ८ वैशाख २०८२
आजको मौसमः तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
आइतबार, १४ माघ २०८१



