बैशाख २७/दमक। दमक १० मा महिला समुहहरु लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक नगरपालिका नगर शिक्षा शाखाको सहयोग र सानोबाह्रघरे सामुदायिक सिकाइ केन्द्र (CLC) को आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो।

दमक १० का १३ वटा महिला समुहहरु लक्षित गरि आयोजित उक्त कार्यक्रम समुहहरुको वित्तीय साक्षरतामा अभिवृद्धि गर्ने उदेश्यका साथ आयोजना गरिएको सानो बाह्रघरे सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष जीवनकुमार ढकालले जानकारी दिनुभयो।

पाँचवटा महिला समुहका सदस्यहरुको उपस्तिथि रहेकोे उक्त कार्यक्रमको अध्यक्षता सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष जीवनकुमार ढकाल त्यसैगरी प्रमुख आतिथ्यता वडा दमक १० का सदस्य तथा कार्यबाहक अध्यक्ष जंग राईले ग्रहण गरेका थिए।

कृषि बिकास बैंकका सोमबारे उपशाखा ऋण विभाग प्रमुख दिपिन ढकाल द्वारा प्रशिक्षित उक्त कार्यक्रममा समुहका जोखिम र सम्भावना , जोखिम न्यूनीकरणका उपायहरुका साथै विविध वित्तीय बिषयमा अन्तरक्रिया समेत गरिएको थियो।