बिर्तामोड / संविधान संशोधनको बिषयमा असन्तुष्टी जनाउँदै संघीय लिम्बूवान पार्टी नेपालले आन्दोलन घोषणा गरेको छ। अरुण पूर्वका ९ जिल्लालाई लिम्बूवान राज्य घोषणा गर्नुपर्ने माग राखरेर लिम्बूवानले सडक सङ्घर्षको आह्वान गरेको हो। बिर्तामोडमा शुक्रबार पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष सञ्जुहाङ पालुङ्वाले मङ्सिर ३० गते पूर्वका नौ जिल्लामा सडक सङ्घर्ष गरिने बताए। उनले मधेशी मोर्चाका माग सम्बोधन गर्ने नाममा सरकारले ल्याएको संविधान संशोधन विधेयक प्रस्तावप्रति आपत्ति जनाए।'यो प्रस्ताव अन्यायपूर्ण छ, मधेशी मोर्चाको माग पूरा गर्न भनेर अरुको अधिकार कुण्ठित गर्नु त भएन नि!', उनले भने। अध्यक्ष पालुङ्वाले आन्दोलन शान्तिपूर्ण रहने प्रष्ट पारेका छन्। उनका अनुसार अत्यावश्यक सवारी साधनलाई निर्वाध सञ्चालन गर्न दिइने छ। उनले मुलुकको संघीय संरचना र प्रादेशिक विभाजन पहिचानका आधारमा हुनुपर्ने दलित, आदिवासी, जनजाति आदिको माग सम्बोधन गर्नुपर्ने जस्ता माग संघीय लिम्बुवान पार्टीको छ।
संघीय लिम्बूवान पार्टीले गर्यो संविधान संशोधनको विरोध
सवाल नेपालसंवाददाताशुक्रबार, १५ मङ्सिर २०७३

संघीय लिम्बूवान पार्टीले गर्यो संविधान संशोधनको विरोध
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



