इलाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले इलाम क्षेत्र नं २ उपनिर्वाचनमा एमाले उम्मेदवार नै निर्वाचित हुने दाबी गरेका छन् । “निर्वाचन जित्न एमालेलाई धेरै कुराले सहज छ”, उनले भने, “राष्ट्रिय राजनीतिमा एमालेको भूमिका, जनाधार र उम्मेदवारकै कारण हामी यसपटक पनि इलाम-२ मा चुनाव जित्छौँ ।”

penn state men's football jersey

blundstone outlet

borse y not al 70 di sconto zalando

outlet geox spaccio online

24bottle

florida state jersey

will levis jersey

florida state football jersey

outlet geox spaccio online

jordan travis jersey

why not borse

marella sito ufficiale

and camicie donna

24bottles

and camicie donna

इलाम सदरमुकाममा पार्टी नेता–कार्यकर्तासँगको भेटमा ज्ञवालीले सत्ता गठबन्धन दलको साझा उम्मेदवार बनाउनेबारे छलफल भइरहेको पनि बताए । लोकतन्त्रप्रतिको निष्ठा र स्वाधीनताको लडाइँमा एमाले नेतृत्वको सरकारको भूमिका पनि उपनिर्वाचन विजयीका लागि बलियो आधार भएको बताए ।

“अहिले पार्टीको आन्तरिक एकता बलियो छ, एमालेमाथिको चौतर्फी घेराबन्दीसमेत तोडेर हामी नागरिकको सेवामा खटिएका छौँ”, उनले भने, “इलाम २ मा नेता सुवासचन्द्र नेम्बाङले देख्नुभएको सपना पूरा गर्ने जिम्मा पनि हाम्रै भएकाले यसपटक एमालेलाई मतदाताले जिताउनुहुनेछ ।”

ज्ञवालीले एमाले कुनै पनि स्वार्थबिना सरकारमा सहभागी भएको बताए । “यसमा हाम्रो पार्टीको कुनै स्वार्थ छैन, देशमा फैलिन लागेको निराशा अन्त्य गर्नु, आर्थिक सूचक आशलाग्दो बनाउनु र परराष्ट्र सम्बन्ध सुधार्न एमाले सरकारमा सहभागी भएको छ ।”

एमाले नेता सुवासचन्द्र नेम्बाङको गत भदौ १६ मा निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । एमालेले नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ ।