-सर्जक : केबि महरा

माटो बोल्छ ,छाती पोल्छ ,पोलिदैनन् गिद्देनजर

देश रोयो ,प्रजा रोए ,रुँदैछन् ती अजर-अमर !

लोक हाँस्यो ,दुश्मन हाँसे ,हाँसेकै छन् शाषक पनि

नेपालआमा रुँदै होलिन् ,छैनन् सपूत कोहि भनी !

राष्ट्रियता ,स्वाभिमानले लडेकै हुन् वीर हाम्रा

कलंक छन् यत तत्र ,भेटिएनन् अटल राम्रा !

मुलुक रहे नेपाली नै कहलाउन पाउने थियौँ

भ्रष्ट अनि लाचार लाई नै ,उल्टै शासन सत्ता दियौँ !

राणा फाल्यौँ ,राजा फाल्यौँ किन चाहियो गणतन्त्र

जन्ता मार्ने ,मुलुक हर्ने गर्यौ गज्जब तन्त्र-मन्त्र !

देश रुँदा हाँस्छन् तिनै ,आफुलाई नै शासक मान्छन्

कुर्सी पाउन ,आशिक थाप्न ,, प्रभु भन्छन् उतै जान्छन् !

कानुन् जाली ,शासक जाली ,शासन समेत सबै जाली

आमा नेपाल रुँदै होलिन् ,उठ-जाग हे नेपाली

...................उठ-जाग हे नेपाली !!!