पत्रकार, जस्लाई राज्यले चौथो अंङ्ग स्विकार गरेको छ । उसोत मानव शरीरमा हुनेगरेका अलग अलग अङ्गहरु जस्तै राज्यपनी एक सिङ्गो शरीर हो र त्यस भित्र अर्थात राज्यभित्र अटाउन मिल्नेजति सबैथोक त्यस राज्यकै अङ्ग हुन् भनी मान्न सकिएला । तर त्यसमध्ये पनि गहिराइमा पुगेर केलाउँदा कुनै बिशेष हुन्छन् र तिनिहरुको अभावमा समग्र प्रणाली सन्चालनमै अबरोध हुन पुग्छ ।
पछिल्लो समय राज्यका प्राय हरेक अंङ्ग निष्क्रिय प्राय छन् त्यो आम समाजले अनुभूति गरिरहेकै कुरा हो । तर उत्पन्न परिस्थितिको जिम्मेवारी हरेकले स्विकार्नु पर्ने नै हुन्छ र सम्भाव्य अवस्था आँकलन गरि सु- ब्यवस्था प्रतिरक्षाका लागि आम नागरिक सचेत बन्न जरुरी हुन्छ । नागरिक सचेतनाका लागि सन्चारले महत्त्वपूर्ण भुमिका खेल्न सक्छ र जुन अपरिहार्य पनि हो । तथ्यगत र समालोचनात्मक भई हरेक आमसन्चार र त्यस सङ्ग सम्बन्धित सबैले भुमिका खेल्नु पर्ने हुन्छ । प्रेस आफैमा स्वतन्त्र र निश्पक्षताको परिकल्पना हो । तर कुनैपनी बिषयमा उठान गर्नु अघि- आग्रह/पुर्वाग्रह बिना फ्याक्ट सहितको समाचार सम्पादनमा जोड दिनु उनिहरुको दायित्व हो ।
पछिल्लो समय छिटो चर्चित बन्ने होडबाजिले गर्दा समग्र आमसन्चार क्षेत्रमै समस्या उत्पन्न भएको अनुभूति गर्न सकिन्छ । कुनै घटनामा अभियोजन पुस्ट्याई पछि मात्रै अभियुक्त सावित हुन्छ र कानुन संवत् निर्णय गरिन्छ तर त्यस अगावै लेखिने सब्दचयन र त्यस माथिको धैर्यता गुमाउँदा अर्थले अनर्थ लगाईदिन्छ र क्षणिक चर्चा बटुल्ने ध्ययेले गर्दा हल्लाको भरमा वास्तविकता गमन हुन पुग्दछ । झुटले श्रेय पाउँछ । त्यसैको पछिल्लो उदाहरण मध्ये एक गतिलो उदाहरण हो बैतडिकी भागरथी बलात्कार तथा हत्या काण्ड र प्रहरिले गरेको प्ररम्भिक अनुसन्धान अगावै अदालतले अभियोजन प्रमाणित गर्नु पुर्व अभियोग पुष्टि साथ लेखिएका समाचार ।
यसरी हतारमा र अनुमानमा लेखिने समाचारले न्यायिक र सभ्य समाजको परिकल्पनामा आघात पुर्याउने निश्चित प्राय छ । तसर्थ संचारकले श्रोताहरुलाई दिने वा प्रस्तुत गर्ने विषयवस्तु श्रोताको चाहना र आवस्यकता अनुरुप समसामयिक बिषयमा आधारित विश्वासिलो,भरपर्दो व्यबहारिक हुनुपर्छ । तथ्यमा आधारित वा श्रोताले स्विकार्ने वा ग्रहण गर्ने हुनु पर्दछ । यदि प्रस्तुत बिषयबस्तु शंकालाग्ने वा गफ र आदर्शमा आधारित भएमा त्यो निरर्थक हुन जान्छ ।







