आफ्नो चौथौं वार्षिकोत्सवको अवसरमा भीभोले डिसेम्बर १५ तारीख देखि २२ दिन अर्थात् ५ जनवरी २०२२ सम्म सेल्स कार्निभल आयोजना गर्ने भएको छ । सेल्स कार्निभलमा ग्राहकहरुले आकर्षक उपहार जित्न सक्ने छन् । ग्राहकले भीभोको भी २०, भी २० एस.ई, भी २१, भी २१ ई र वाई १२ एस्को खरिदमा ल्यापटप, हेडफोन, भी २१ ई ह्याण्डसेट, ब्ल्युटुथ स्पीकर र इएरबडस् जस्ता आकर्षक उपहारहरु जित्न सक्नेछन् । यसका साथै यो अवधिमा भीभोको फोन खरिद गर्ने हरेक ग्राहकहरुले निर्धारित समय भन्दा थप ६ महिनाको वारेण्टी पाउन सक्नेछन् । चौथो वार्षिकोत्सवलाई रमणीय बनाउन भीभोले नेपाल अर्फन एण्ड हेल्पलेस चिल्ड्रेन डेभलपमेन्ट एशोसिएसनसँगको सहकार्यमा सामाजिक उत्तरदायित्वको भूमिका निवार्ह गरेको छ । जसमा दि न्यू युथ चिल्ड्रेन डेभलपमेन्ट सोसाइटी र न्यु चिल्ड्रेन्स होमको पनि सहभागिता रहनेछ । यी संस्थाका बच्चाहरूलाई स्टेसनरी सामान र खाना उपलब्ध गराइएको थियो । भीभो नेपालले विगत ४ वर्षदेखि नेपालमा आफ्ना उत्पादनहरुको माध्यमले सेवा प्रदान गर्दै आएको छ । भीभोका उत्पादनहरुले आफ्ना ग्राहकहरुलाई पूर्ण सन्तुष्टि दिएको दावी गरेको छ । नयाँ पुस्ताको चाहनालाई परिपूर्ति गर्न कम्पनीले वाई १५ एस बजारमा ल्याएको छ । वाई १५ एस स्मार्टफोन शक्तिशाली र लामो समयसम्म टिक्ने गरी बनाइएको छ । यसमा ५००० एमएएच ब्याट्री, साइड माउन्टेड फिङ्गरप्रीन्ट टेक्नोलोजी र डुवल एआई क्यामेरा रहेको छ । शक्तिशाली ह्यान्डसेट रुचाउने नयाँ पुस्ताको लागि यो स्मार्टफोन उपयोगी हुने जनाइएको छ । यसमा ६.५१ इञ्चको हेलो फुलभ्यु डिस्प्ले विथ आइ प्रोटेक्सन टेक्नोलोजी समावेस गरिएको छ । उक्त शक्तिशाली स्मार्टफोन डिसेम्बर १५ बाट १९ हजार ९९९ रूपैयाँमा उपलब्ध हुनेछ ।
डिसेम्बर १५ देखि भिभोको सेल्स कार्निभल, स्मार्टफोन खरिदमा आर्कषक उपहार

डिसेम्बर १५ देखि भिभोको सेल्स कार्निभल, स्मार्टफोन खरिदमा आर्कषक उपहार
सम्बन्धित विषयहरू:##बिज्ञान/प्रविधि

« यो पनि पढ्नुहोस्
संविधान दिवसमा टेलिकमको ‘अफर’

यो पनि पढ्नुहोस् »
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार वा प्रतिक्रिया दिनुहोस्।
सम्बन्धित खबर

संविधान दिवसमा टेलिकमको ‘अफर’
बिहीबार, २ असोज २०८२
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
मंगलबार, २ जेठ २०८०
ह्वाट्सएपका गोप्य च्याट लक गर्न मिल्ने
मंगलबार, २ जेठ २०८०
घरबाटै नो अब्जेक्शन सर्टिफिकेट लिन सकिने
सोमबार, १ जेठ २०८०
डाटा चोर्ने १४ लाख एन्ड्रोइड एप गुगलले हटायो
आइतबार, १७ वैशाख २०८०
