सुन्दरता भन्ने बितिकै अनुहारको कुरा आउछ । फेरी सुन्दर देखिने रहर कस्लाई हुन्न होला र ? सबै सुन्दर देखिन मन पराउँछन् । अुनहारमा आएको चायाँ पाेताेकाे कालो दाग वा डन्डीफाेरकाे दागले गर्दा आफ्नो आत्मविश्वास नै कमजोर बनाउने गर्दछन् । अनुहारको कालो दागलाई हटाउन विभिन्न कस्मेटिक सामग्रीहरु प्रयोग गर्ने गरेकाे पाउछौै । तर घरमा नै पाइने कुराहरुको प्रयोगबाट अनुहारको कालो दागलाई सजिलै हटाउन सकिन्छ ।
आवश्यक सामग्रीहरु
-मुल्तानी माटो
-मुसुरोको दाल
-चामलको पिठो
-काँचो दुध
-भिटामिन इ
बनाउने तरिका
एउटा कचौरामा ५ चम्चा काँचो दुध राख्ने त्यसमा एक चम्चा मुसुरोको दाललाई ग्रएण्डरमा राखेर पिस्ने ।
त्यसमा आधा चम्चा मुल्तानी माटो र एक चम्चा चामलको पिठो र भिटामिन इ पनि राख्ने । यी सबै कुरालाई राम्रो संग मिक्स गरी लेदो जस्तो बनाउने । यसरी बनाएको पेस्टलाई अनुहारमा राखेर विस्तारै मसाज गर्ने र १५ देखी २० मि.का लागि छोडी दिने त्यसपछि चिसो पानीले अनुहार पखाल्ने । यो प्रक्रिया हप्ताको ३ देखि ४ पटक सम्म दोहोर्याउने । यसले तपाईको अनुहारमा भएको कालो दाग, चायाँ बिस्तारै हराउँदै जान्छ ।







