एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तगर्त ओमानविरूद्धको खेलमा नेपालले छैठौं विकेट गुमाएको छ। ७ रन बनाएर ऐरी आउट भएका छन्।

उनलाई आयन खानले बोल्ड गराएका हुन्।

३५।४ ओभरको खेल चलिरहँदा नेपाल ६ विकेटको क्षतिमा १७४ रन बनाएर खेलिरहेको छ।

क्रिजमा अहिले कुशल मल्ल र सोमपाल कामी छन्।

मल्ल भने उत्कृष्ट लयमा छन्। उनले ५१ बलमा ७१ रन बनाएका छन्।

यसअघि मलेसियाविरूद्धको पहिलो खेलमा पनि मल्लले उत्कृष्ट ब्याटिङ गर्दै अर्धसतकीय पारी खेलेका थिए।