गायक कुमार दवाडीको स्वरमा सजिएको ‘नबोली जित्छौ तिमी’ बोलको गीतको भिडियो बिहिबार युट्युबमा सार्वजनिक गरिएको छ।सार्वजनिक भिडियोमा संचारकर्मी नरेश भट्टराई र करुणा श्रेष्ठ फिचर्ड छन्।भिडियोले दरवार बाहिरकी रानीको कथा बोल्छ।नरेश भट्टराई भन्छन ‘सार्वजनिक गीत लामो समय सम्म दर्शक श्रोताले सम्झन लायक क्लासिकल गीत हो। ट्रेण्डिङ्गमा पर्ने र छिट्टै हराउने गीत होइन पछि सम्म सुन्दा आनन्द आउने गीत भएकोले आफुले भिडियोमा काम गरेको हो ।’गीतमा होम न्यौपानेको शब्द र दिपक भट्टराईको संगीत रहेको छ । गीतकार होम न्यौपाने र संगीतकार दिपक भट्टराईको सहकार्यमा यस अघि पनि थुप्रै गीत सार्वजनिक भई सकेका छन्। गायक दवाडीको सोलो एल्बम छिट्टै सार्वजनिक गर्ने पनि तयारी रहेको छ।गीतको भिडियोमा नरेश र करुणा प्रेम जोडीको रुपमा देखिएका छन्।भिडियोमा सागर प्रधानको छायाँकन, विकास दाहालको सम्पादन र युवराज वाइवाको निर्देशन रहेको छ।भिडियो कुमार क्रियशन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
‘नबोली जित्छौ तिमी’ बोलको गीत सार्वजनिक(भिडियो)

‘नबोली जित्छौ तिमी’ बोलको गीत सार्वजनिक(भिडियो)

« यो पनि पढ्नुहोस्
पब्जी र वर्ल्डलिंक बीच सम्झौता

यो पनि पढ्नुहोस् »
मानसिक स्वास्थ्यमा टिकटकले कसरी असर गरिरहेको छ ?
प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार वा प्रतिक्रिया दिनुहोस्।
सम्बन्धित खबर

पब्जी र वर्ल्डलिंक बीच सम्झौता
सोमबार, १८ वैशाख २०८०
मानसिक स्वास्थ्यमा टिकटकले कसरी असर गरिरहेको छ ?
शनिबार, ३ मङ्सिर २०७९
लामो समयदेखि समाजसेवी गर्दै आएका पललाई आखिर हातमा लगाइयो ब'ल'त्कारीको हतकडी ?
आइतबार, १५ फागुन २०७८
प्रहरीमा पुग्नु अघि पलले आफ्नै फेसबुक मार्फत सार्वजनिक गरे यस्तो भावुक भिडियो (भिडियो सहित)
आइतबार, १५ फागुन २०७८
प्रहरीमा पुग्नु अघि पलले आफ्नै फेसबुक मार्फत सार्वजनिक गरे यस्तो भावुक भिडियो (भिडियो सहित)
आइतबार, १५ फागुन २०७८
