एसीसी
प्रिमियर
कपको
सेमिफाइनलमा
नेपालले
कुवेतलाई
२८२
रनको
चुनौतीपूर्ण
लक्ष्य
दिएको
छ
।
वर्षाले
दुईपटक
रोकिएको
खेललाई
४२
ओभरमा
घटाइएपछि
नेपालले
पूरै
ओभर
खेल्दै
९
विकेट
क्षतिमा
२८२
रनको
चुनौतीपूर्ण
लक्ष्य
दिएको
हो
।
चुनौतीपूर्ण
लक्ष्य
दिने
क्रममा
नेपालका
लागि
कप्तान
रोहित
पौडेलले
सर्वाधिक
रन
बनाए
।
उनले
९५
बलमा
९४
रन
बनाए
।
यस क्रममा उनले ३ छक्का र ६ चौका प्रहार गरे ।
नेपालका लागि कुशल मल्लले ४४ बलमा ५७ रन, कुशल भुर्तेलले ३९ बलमा ४३ रन र आशिफ शेखले २८ बलमा ३१ रन बनाए ।
२३.२ ओभर खेलेपछि वर्षाले खेल बिथोलेको थियो । पहिलोपटक बिथोलेपछि ४५ ओभरको खेल गराउने तयारी थियो । तर फेरि पानी परेपछि खेल ४२ ओभरमा झारिएको थियो ।
नेपालका लागि आरिफ शेखले १९, सोमपाल कामीले १३, करण केसीले ७, सन्दीप लामिछानेले ५ रन बनाए । भीम सार्कीले १ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले खाता नै नखोली पहिलो बलमै आउट हुन पुगे ।
यो सेमिफाइनलमा जित्ने टिमले ओमान र युएईको विजेतासँग फाइनलमा खेल्नेछ ।
फाइनल जित्ने टिमले एसिया कप क्रिकेट खेल्न पाउनेछ ।







