प्रधानमन्त्री पुष्पकमल दाहाल
‘
प्रचण्ड
’
ले सरकारलाई समर्थन गर्ने १० दलका नेताहरुलाई बोलाएर छलफल गर्ने भएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साढे २ बजे सिंहदरबारमा बस्नेछ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा सुझाव लिन नेताहरूलाई बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले रातोपाटीलाई जानकारी दिए ।
‘
प्रधानमन्त्रीज्यूले १० दलका नेताहरूलाई सिंहदरबारमा बोलाउनु भएको छ । आगामी नीति तथा कार्यक्रमका विषयमा सुझाव माग्ने भनिएको छ
’
आचार्यले भने
,‘
सबै सुझाव समेटेर नीति तथा कार्यक्रममा समेट्ने तयारी गरिएको छ ।
’
प्रधानमन्त्री प्रचण्डले आगामी नीति तथा कार्यक्रम पार्टीभित्र
,
सत्तारुढ दल र प्रतिपक्ष सहित सबैसँगै सुझाव मागेर ल्याउन लागेका छन् ।
आजको बैठकमा नेकपा माओवादी केन्द्र
,
नेपाली कांग्रेस
,
नेकपा एकीकृत समाजवादी
,
जनता समाजवादी पार्टी नेपाल
,
लोकतान्त्रिक समाजवादी पार्टी
,
जनमत पार्टी
,
राष्ट्रिय जनमोर्चा
,
नेपाल समाजवादी पार्टी
,
आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी हुने बताइएको छ ।







