काठमाडौं ।नेपाल प्रहरीले आमहड्तालका नाममा गैरकानुनी क्रियाकलाप गर्नेलाई कारबाहीको दायरमा ल्याउने बताएको छ । सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार (भोलि) आमहड्तालको घोषणा गरेको छ।आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवा, विद्यार्थीहरुको परीक्षा सञ्चालनमा अवरोध नगर्ने नेकपाले जनाएको छ ।तर, सवारी–साधन सञ्चालनमा अवरोध गर्दा विद्यार्थीहरु परीक्षा केन्द्रसम्म पुग्न समस्या हुने देखिन्छ । प्रचण्ड–नेपाल समूहले आमहड्तालको घोषणा गरे पनि गैरकानुनी क्रियाकलाप गरे नियन्त्रणमा लिएर कारबाही गर्ने प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुवँरले बाह्रखरीलाई बताए ।उनले भने, “सुरक्षा व्यवस्था कडा पार्छौँ ।पसल बन्द गराउँदै हिँड्ने र अन्य गैरकानुनी कार्यमा लागेकाहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्ने काम हामी गर्छौँ । कसैलाई जबर्जस्ती गरे पनि हामी कारबाही गर्छौँ ।”
प्रहरीले भन्यो– आमहड्तालका नाममा गैरकानुनी क्रियाकलाप गर्नेलाई कारबाही गर्छौँ

प्रहरीले भन्यो– आमहड्तालका नाममा गैरकानुनी क्रियाकलाप गर्नेलाई कारबाही गर्छौँ

« यो पनि पढ्नुहोस्
प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?

यो पनि पढ्नुहोस् »
संस्कारमा अब्बल निजि बिद्यालय
प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार वा प्रतिक्रिया दिनुहोस्।
सम्बन्धित खबर

प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?
सोमबार, २ माघ २०७९
संस्कारमा अब्बल निजि बिद्यालय
सोमबार, २७ भदौ २०७९
''नागरिकता विधेयक प्रतिरोधको मुद्दा हो।''- भरत दाहाल
मंगलबार, ३१ साउन २०७९
"राजनीति नेपालको सबैभन्दा ठूलो र आकर्षक जागिर" -भिम उपाध्याय
बिहीबार, १९ जेठ २०७९
किन हाम्रा नेता, मन्त्री, धनीमानी सार्वजनिक यातायात चढ्दैनन् ?
बिहीबार, ५ फागुन २०७८
