काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी जनताले अहिले पनि अधिकार नपाएको बताएका छन् । उनले अंगिकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता नदिइएको भन्दै असन्तुष्टि जनाए ।रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्दै ठाकुरले भने, ‘नागरिकता मधेसको मात्रै होइन, सिंगै देशको समस्या हो । अंगिकृत नागरिकहरूले अहिलेसम्म किन वंशजको नागरिकता पाइरहेका छैनन् ?’उनीहरूलाई वंशजको नागरिकता दिने गरी संविधान संशोधन गर्नुपर्ने ठाकुरको माग थियो । उनले मधेसी जनतालाई प्रजातन्त्रको अनुभव नै हुन नसकेको बताए ।‘के मधेसमा पनि प्रजातन्त्र छ ? मधेसी-थारुलाई पनि प्रजातन्त्रको अनुभव छ ? किन अझै मधेसी-थारु जेलमा छन् ? उनीहरूले सरकारको माग गरेको होइन, अधिकारको माग गरेको हो ।’उनले वर्तमान संविधानको मस्यौदा सार्वजनिक गरिँदा नै मधेसमाथि अन्याय भएको बताए । आन्दोलनको एजेन्डाअनुसार मस्यौदा नआएको उनको भनाइ थियो ।‘त्यसले हाम्रो चित्त बुझेको थिएन र हामी विरोधमा गएका थियौं,’ उनले भने, ‘खुद अन्तरिम संविधानमा संशोधन गरेर मधेस स्वायत्त प्रदेश बन्ने छ र अन्य जातजातिको पनि स्वायत्त प्रदेश हुने छन् भनिएको थियो । तर, संविधानमा त्यो भएन ।’संविधान संसोधन मधेसीको मात्रै नभएर सबै पीडितको कुरा भएको उनले दाबी गरे ।
महन्थ ठाकुर भन्छन्- अंगिकृतका सन्तानलाई वंशजको नागरिकता चाहियो

महन्थ ठाकुर भन्छन्- अंगिकृतका सन्तानलाई वंशजको नागरिकता चाहियो

« यो पनि पढ्नुहोस्
प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?

यो पनि पढ्नुहोस् »
संस्कारमा अब्बल निजि बिद्यालय
प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार वा प्रतिक्रिया दिनुहोस्।
सम्बन्धित खबर

प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?
सोमबार, २ माघ २०७९
संस्कारमा अब्बल निजि बिद्यालय
सोमबार, २७ भदौ २०७९
''नागरिकता विधेयक प्रतिरोधको मुद्दा हो।''- भरत दाहाल
मंगलबार, ३१ साउन २०७९
"राजनीति नेपालको सबैभन्दा ठूलो र आकर्षक जागिर" -भिम उपाध्याय
बिहीबार, १९ जेठ २०७९
किन हाम्रा नेता, मन्त्री, धनीमानी सार्वजनिक यातायात चढ्दैनन् ?
बिहीबार, ५ फागुन २०७८
