कार सेफ्टी अर्थात कार कति सुरक्षित भनेर ग्लोबल एनक्यापले सन् २०१४ देखि भारतमा अभियान चलाएर सबैको ध्यान खिचेको छ । पछिल्लो समयमा ग्लोबल एनक्यापले टाटा नेक्सन र महिन्द्रा मराजोको परीक्षण गरेको छ । टाटा नेक्सनले फाइभ स्टार पाएर सबैभन्दा सुरक्षित भारतीय कारको दर्जा पाएको छ ।

ग्लोबल एनक्यापको परीक्षण पश्चात दुर्घटनाको समयमा कुन कार सुरक्षित छ र कुन छैन भन्ने जानकारी पाइन्छ । यस अनुसार टाटा नेक्सन, महिन्द्रा मराजो, टोयोटा इटिओस लिभा, टाटा जेस्ट र मारुती सुजुकी भिटारा ब्रेजा टप फाइभमा परेका छन् ।

१. टाटा नेक्सन : टाटाको कम्प्याक्ट एसयूभी नेक्सनले पहिले फोर स्टार रेटिङ पाएको छ । टाटा नेक्सनले ग्लोबल एनक्यापमा पहिलो पटक ५ स्टार रेटिङ पाएको छ । ग्लोबल एनक्यापले गरेको क्र्यास टेष्टमा टाटा नेक्सनले सो रेटिङ प्राप्त गरेको हो ।

टाटा नेक्सन एसयूभीले कुल १७ अंकमा १६.०६ अंक प्राप्त गरेको थियो । यसरी उत्कृष्ट ५ स्टार रेटिङ प्राप्त गर्ने यो इतिहासकै पहिलो भारतीय कार बनेको छ । यस अनुसार सुरक्षाका हिसाबले टाटा नेक्सन उत्कृष्ट भारतीय एसयूभी बनेको छ । टाटा नेक्सनले यसअघि भएको ग्लोवल एनक्यापमा ४ स्टार रेटिङ पाएको थियो । त्यसपछि कम्पनीले नेक्सनमा नयाँ फिचरहरु थप गर्दै सुरक्षालाई अझै मजबुत बनाएको बताएको छ । नेक्सनमा एबीएस र सिटबेल्ट रिमाइन्डर जस्ता फिचर पछि थप गरिएको हो ।

२. महिन्द्रा मराजो : महिन्द्रा मराजो एमपीभीले ग्लोबल एनक्यापमा ४ स्टार रेटिङ पाएको छ । महिन्द्रा मराजोमा स्ट्यान्डर्ड डबल एयरब्याग, एबीएस, ड्राइभरका लागि सिटबेल्ट रिमाइन्डर र आइसोफिक्स एंकररेज छ । यी सबैका कारण सो गाडीले सो रेटिङ पाएको हो ।

टाउको र गर्दनका लागि यसले राम्रो सुरक्षा प्रदान गर्छ । यो वाहेक ड्राइभरको छातीका लागि सामान्य सुरक्षा र गर्दनका लागि राम्रो सुरक्षा प्रदान गर्छ । महिन्द्रा एन्ड महिन्द्राको अटोमोटिभ सेक्टरका अध्यक्ष राजन वाधराले फोर स्टार रेटिङ महिन्द्राका लागि गर्वको समय भएको बताएका छन् । यात्रुको सुरक्षाका लागि राखिएका विभिन्न फिचरका कारण नै यो सफलता प्राप्त भएको उनले बताएका छन् ।

३. टोयोटा इटिओस लिभा : क्र्यास टेष्ट गरिएका धेरै मोडल मध्ये प्रारम्भमा फोर स्टार रेटिङ प्राप्त गर्ने टोयोटाको इटिओस लिभा एक हो । सन् २०१६ मा गरिएको परीक्षणमा यसलाई एडल्ट अकुपेन्सीका लागि १३र१६ सहित फोर स्टार र चाइल्ड अकुपेन्सीका लागि २०.०२र४९ सहित टु स्टार प्रदान गरिएको थियो । यसमा पछि ईबीडी सहितको एबीएस र आइसोफिक्स चाइल्ड सिट माउन्ट लगायतका सेफ्टी किट समेत राखिएको छ । परीक्षण गरिएका मोडल मध्ये ड्युअल फ्रन्ट एयरब्याग र प्रिटेन्सर सहितको सिट बेल्ट भएको यो एक मात्र कार हो ।

४. टाटा जेस्ट : पहिलो पटक परीक्षण गर्दा टाटा जेस्टले जिरो रेटिङ पाएको थियो । यद्यपि टाटाले यसलाई फेरि परीक्षण गर्ने मौका पायो र अपग्रेडेड कम्प्याक्ट सेडान जेस्टलाई फेरि २०१६ मा परीक्षण गरियो । त्यसपछि सो मोडलले एडल्ट अकुपेन्सीमा ११.१५र१७ सहित फोर स्टार र चाइल्ड अकुपेन्सीमा १५.५२र४९ सहितको टु स्टार रेटिङ पायो । यसमा पहिले दुई एयरब्याग र ड्राइभरका लागि सिट बेल्ट रिमाइन्डर थियो । पछि यसमा एबीएस, ईबीडी र कर्नर स्ट्याबिलिटी कन्ट्रोल जस्ता फिचर समेत थप गरिएको छ ।

५. मारुती सुजुकी भिटारा ब्रेजा : ड्युअल एयरब्याग, एबीएस र स्ट्यान्डर्डको रुपमा आइसोफिक्स एंकरेज भएको भिटारा ब्रेजालाई एडल्ट अकुपेन्टको लागि फोर स्टार तथा चाइल्ड अकुपेन्ट प्रोटेक्सनका लागि टु स्टार प्रदान गरिएको हो । ड्राइभर र प्यासेन्जरको टाउको तथा घाँटीका लागि आवश्यक सुरक्षात्मक संयन्त्र राम्रो भएको आधारमा यसलाई सो रेटिङ दिइएको बताइएको छ । सो मोडलले एडल्ट अकुपेन्सीमा १२.१५र१७ सहित फोर स्टार र चाइल्ड अकुपेन्सीमा १७.९३र४९ सहितको टु स्टार रेटिङ पायो । ब्रेजाका सबै भेरिएन्टमा दुई एयरब्याग, ईबीडी सहितको एबीएस, प्रिटेन्सनर सहितको फ्रन्ट सिट बेल्ट, ड्राइभर्स सिट बेल्ट रिमाइन्डर र आइसोफिक्स चाइल्ड सिट माउन्ट लगायतका फिचर छन् । नेपाल अटो