मोरंग

। बिगत १ महिना देखि ब्यबारिसे अवस्थामा रतुवामाई नगरपालिका वार्ड नं. १० मंगलबारे चोकको धर्मशालामा लगभग ७०/७५ बर्षका बुवा रत्न प्रसाद श्रेष्ठ बसोबास गर्दै आएक छन् ।

६ भाई छोराका बाबुको कुनै पनि छोराको सहारा नभएपछी यो जाडोमा धर्मशालामा बस्न बाध्य भएका छन् ।

छोराहरुको घर, गाडी र करोडौंको सम्पति काठमाण्डौमा भए पनि एउटा बुढा भएका बाबुलाई सहारा दिएका छैनन् ।

बुबाले भन्नुभयो ," अलिकति भएको सम्पति पनि एक छोराले ललाईफकाई गरि आफ्नो नाममा लिई मलाई घरबाट निकाले । "

गाउलेको सहारामा कहिलेकाहीँ खाना दियिएपनि यस्तो जाडो अबस्थामा बुबाको स्वस्थ्य बिग्रिदै गएको छ ।

उनको लडेका कारणले दुवै खुट्टा चल्दैनन् र हातको सहाराले बिस्तारै हिडछन् ।

[video width="864" height="1920" mp4="https://www.sawalnepal.com/wp-content/uploads/2021/12/lv_0_20211222145802.mp4"][/video]