कतारको राजधानी दोहामा जारी २२औं संस्करणको विश्वकप फुटबलअन्तर्गत आज (बुधबार) ४ खेल हुँदैछन्। पहिलो खेल ३:४५ बजे समूह ‘ए’ का क्रोएसिया र मोरक्कोबीच हुँदैछ। यो खेल अल बेत स्टेडियममा हुँदैछ।

NTC

Nic ASia

Marvel ad

सन् २०१८ को विश्वकप फाइनलिस्ट क्रोएसिया र मोरक्कोबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने देखिन्छ। विश्वकपमा यी दुई टोली पहिलोपटक आमनेसामने हुँदैछन्।

दोस्रो खेल समूह ‘ई’ का जर्मनी र जापानबीच हुँदैछ। नेपाली समयानुसार ६:४५ बजे खलिफा अन्तर्राष्ट्रिय रंगशालामा यी दुई देशबीचको खेल हुनेछ।

Mega Bank

Nabail Bank

एसियन ‘पावरहाउस’ जापान र विश्वकपको सदाबहार दाबेदार राष्ट्र जमर्नीको खेल पनि निकै प्रतिस्पर्धात्मक हुने देखिन्छ। यी दुई देश पनि विश्वकपमा पहिलोपटक आमनेसामने हुँदैछन्।

यसअघि भएका दुई मैत्रीपूर्ण खेलमा जर्मनीले एक खेल जितेको थियो भने एक खेल बराबरीमा सकिएको थियो।

आजकै तेस्रो खेलमा समूह ‘ई’ कै स्पेन र कोस्टारिका खेल्दैछन्। अल थुमामा रंगशलामा राति ९:४५ बजे यी दुईको खेल हुँदैछ। विश्वकपमा यी दुई राष्ट्र पनि पहिलोपटक एकअर्कासँग प्रतिस्पधा गर्दैछन्। यसअघि यी दुईबीच भएका ३ अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा ३ वटैमा स्पेनले जित निकालेको थियो।

IME

Agni

त्यसैगरी आजको अन्तिम खेलमा समूह ‘एफ’ को बेल्जियम र क्यानडाबीच हुँदैछ। राति १२:४५ बजे यी दुईको खेल अहमद बिन अलि रंगशालामा हुनेछ