परासी — स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सातवटै प्रदेशमा अहिलेको प्रादेशिक अस्पतालभन्दा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने बताएका छन् ।पश्चिम नवलपरासीको बर्दघाटमा स्वास्थ्य बीमा शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले सात प्रदेशमा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न अस्पताल निर्माणका लागि योजना बनाइरहेको बताएका हुन् । ‘एउटा अस्पताल निर्माणका लागि तीन अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । सात स्थानमा २१ अर्बको लगानीमा सुविधा सम्पन्न अस्पताल निर्माण हुनेछ,’उनले भने,‘कोरोना रोकथाम र खोप प्रयोजनका लागि ४६ अर्बभन्दा बढी रकम स्वास्थ्य मन्त्रालयलाई आवश्यक भएकोमा सोही रकम बचाएर उपचारका लागि विदेश जान नपर्ने अस्पताल सञ्चालन हुनेछ । ’