दमक — सुजुकीको मोटरसाइकल तथा स्कुटरको ‘महा एक्स्चेन्ज मेला’ सुरु भएको छ । सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले माघ ६ गतेदेखि १५ गतेसम्म ‘महा एक्स्चेन्ज मेला’ आयोजना गरेको हो । उक्त मेलामा ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डका पुराना दुईपाङ्ग्रे साधनसँग सुजुकीको नयाँ मोटरसाइकल र स्कुटर साट्न सक्नेछन् । साथै, ग्राहकले एक्स्चेन्ज मार्फत १५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म ग्यारेन्टेड थप मूल्याङ्कन पाउँने कम्पनीले बताएको छ । कम्पनीले ग्राहकको सहजताका लागि अन द स्पट इजी फाइनान्स सुविधाका साथै, स्ट्रेस फ्री ओनरसिप, र इजी डकुमेन्टेसन जस्ता सुविधाहरू प्रदान गर्ने जनाईएको छ । एक्स्चेन्ज मेलाका अफरहरू सुजुकीका नेपालभर रहेका आधिकारिक शोरुमहरूमा लागू हुने कम्पनीले जनाएको छ । झापाको दमकमा भने दमक नगरपालिका वडा नम्बर ५ गोर्खालि टोलमा रहेको माथा पाथिभरा अटो टेड्र प्रालिमा यो सुबिधा उपलब्ध रहेको प्रालिका सञ्चालक दिपक भट्टराईले जानकारी दिए । सुजुकी सोरुमले माहाँ जाडोको एक्चेन्ज मेलाको अबसर पारेर बिभिन्न सुबिधाहरु प्रधान गरिरहेको भट्टराईको भनाइ छ ।
सुजुकीको मोटरसाइकल तथा स्कुटरको ‘महा एक्स्चेन्ज मेला’ सुरु

सुजुकीको मोटरसाइकल तथा स्कुटरको ‘महा एक्स्चेन्ज मेला’ सुरु

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार वा प्रतिक्रिया दिनुहोस्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
