राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले २१ लाख ६९ हजार ४७८ व्यक्तिहरु अक्सर विदेशमा बसोवास गरिरहेको देखाएको छ । परिवारमा अनुपस्थित रहेर धेरैजसो समय विदेशमा बस्ने पुरुषको संख्या १७ लाख ६३ हजार ३१५ छ । जुन विदेशमा अक्सर बस्ने नेपालीको कुल संख्याको ८१.२८ प्रतिशत हो । विदेशमा अक्सर बस्ने महिलाको संख्या ४ लाख ६ हजार १०३ (१८.७२ प्रतिशत) छ ।दश वर्षअघि २०६८ सालमा विदेशमा अक्सर बसोवास गर्नेहरूको संख्या १९ लाख २१ हजार ४९४ थियो, जसमध्ये पुरूष १६ लाख ८४हजार ०२९ (८७.६४ प्रतिशत) र महिला २ लाख ३७ हजार ४०० (१२.३६ प्रतिशत) थिए । २०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाहरुको संख्या ७१.०९ प्रतिशतले बढेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । भौगोलिक क्षेत्रअनुसार तराईबाट १० लाख ६५हजार ९६९, पहाडबाट ९ लाख ८४ हजार ८९६ र हिमालबाट १ लाख १८ हजार ६१३ रजनसंख्या विदेशमा छन् ।
२१ लाख ६९ हजार नेपाली विदेशमा, १० वर्षमा विदेशिने महिला ७१ प्रतिशतले बढे

२१ लाख ६९ हजार नेपाली विदेशमा, १० वर्षमा विदेशिने महिला ७१ प्रतिशतले बढे
सम्बन्धित विषयहरू:## वैदेशिक रोजगार

« यो पनि पढ्नुहोस्
शारीरिक अपाङ्गता भएकाहरू स्वरोजगार बन्दै

यो पनि पढ्नुहोस् »
झापामा छ महिनामा पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता
प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार वा प्रतिक्रिया दिनुहोस्।
सम्बन्धित खबर

शारीरिक अपाङ्गता भएकाहरू स्वरोजगार बन्दै
सोमबार, १५ माघ २०८१
झापामा छ महिनामा पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता
शनिबार, १३ माघ २०८१
मलेसिया गएका झापा भद्रपुरका ५५ वर्षीय चन्द्र लिम्बू अलपत्र, स्वदेश फिर्ताका लागि सबै समक्ष हारगुहार
शुक्रबार, १५ असार २०८१
जनताले दिए भोट, तर जनप्रतिनिधी बिदेश गए कमाउन नोट
सोमबार, ४ असार २०८१
ज्येष्ठ नागरिक तथा आपाङ्गमैत्री बस सञ्चालन
शनिबार, २ असार २०८१
