काठमाडौं।सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही सर्बोच्च अदालतले शुक्रबार रिहा गरेपछि शनिबार आफ्नो अभिव्यक्ति दिन खुल्ला मन्चमा उपस्थित भएका छन् । उनले आफुलाई सुर्खेतमा भएको प्रहरी दमनको बिषयमा साथ र सहयोग गरेकोमा सर्मथक र मिडियाकर्मीहरुलाई धन्यवाद व्यक्त गरेका छन्।उनको अभियान आफ्नो व्यक्तिगत स्वार्थीको लागि नभई नेपालमा भइरहेको भ्रष्टचार, गरिबी, बेरोजगार बिरुद्ध रहेको र उनि प्रधानमन्त्रि केपी शर्मा ओली बिरुद्ध नभएको समेत उनले बताए। जबसम्म देशमा रहेका युवाहरुले बैदेशिक रोजगारमा जान्न भन्ने बातावरण सिर्जना हुदैन तब सम्म आफु आवाज उठाई रहने बताएका छन्।
उनि भन्छन “म कुनै सरकारको विरोधि होइन न त राजनीतिक दलसँग नै आबद्ध छु। हामीलाई रोजगारी चाहियो । ८० लाख नेपाली युवालाई बेचिएर खडा गरिएको दास सत्ता चाहिएन। जबसम्म मेरो सन्तानले म अस्ट्रेलिया जान्न नेपालमै बसेर केहि गर्छु भन्ने बातावरण सिर्जना हुँदैन तब सम्म आफु लडिरहनेछु।
राजनीतिक दलको पक्षमा समाचार सम्प्रेषण गर्ने कस्तो पत्रकार हो ? यस बिषयमा बहस गर्ने बेला भएको छ। आफुले कहिले पत्रकारलाई गालि गलोज नगरिएका कारण आफुले बोलेका भिडियोहरु पुन : एकपटक सुनी दिन आग्रह गरेका छन्।उनि भन्छन “सुर्खेतको आम सभामा उपस्थित भएको समयमा मलाई प्रहरीको बर्दी लगाएकाहरुले घिसार्दै, कुट्दै, लछार्दै हिरासतमा लगेर निर्घात कुटपिट गरियो।
यतिले पनि नपुगेर सुर्खेतका डिएसपी प्रदिप क्षेत्रिल खुट्टा भाँचिदियो, निरन्जन घिमिरेले ढाडमा हान्यो र सई भक्त खनालले टाउकोमा हानियो। अझ त्यतिले पनि उनीहरुको मन भरिएन। विभिन्न लाल्छना लगाई दुवै हात पछाडीपट्टि लगेर हत्कडी लगाएर १९ घण्टा बसको पछाडीको सिटमा राखेर काठमाडौँ ल्याइयो। “बाँकि हेर्नुहोस भिडियो:

![३ करोड नेपालीको रगत उम्लिने गरी ज्ञानेन्द्र शाही खुल्लामंचबाटै गर्जिए [भिडियो सहित]](https://www.sawalnepal.com/wp-content/uploads/2019/06/SmartSelect_20190609-190523_YouTube.jpg)





