साउथका सुपरस्टार अल्लु अर्जुन अभिनित चलचित्र ‘अला वैकुण्ठपुरमलो’को हिन्दी रिमेक बन्दैछ । यो चलचित्रको हिन्दी रिमेकको नाम ‘शहजादा’ राखिएको छ । यो चलचित्रमा अभिनेता कार्तिक आर्यन र अभिनेत्री कृति सेननले अभिनय गर्ने पक्का भइसकेको छ । चलचित्रको प्रदर्शन मिति आगामी नोभेम्बरलाई तोकिएको छ । चलचित्र ‘अला बैकुण्ठपुरमलो’को हिन्दी डबको अधिकार मनिष शाहले लिएका छन् । यसका लागि उनले चार करोड रुपैयाँ तिरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मनिषले चलचित्रलाई हिन्दी डब गरेर डिजिटल प्लेटफर्ममा रिलिज गर्ने तयारी गरेका थिए । तर, अब यो चलचित्र तत्काल युट्युबमा रिलिज भने नहुने भएको छ । किनकि, चलचित्र ‘शहजादा’को निर्माण टिमले यो चलचित्र रिलिज नभएसम्म हिन्दी डब सार्वजनिक नगर्न मनिषसँग आग्रह गरेको थियो । यसका लागि मनिष र चलचित्रको टिमबीच केही चरणमा वार्ता समेत भयो । चलचित्रको हिन्दी डबको डिजिटल प्रसारण रोक्नका लागि ‘शहजादा’ टिमले ८ करोड रुपैयाँ मनिषलाई तिरेको छ । अब यो चलचित्र ‘शहजादा’ रिलिज भएको १६ हप्तापछि मात्र युट्युबमा प्रसारण हुनेछ ।
अल्लु अर्जुनको ‘अला वैकुण्ठपुरमलो’को हिन्दी डब रोक्न ‘शहजादा’ टिमले तिर्‍यो ८ करोड

अल्लु अर्जुनको ‘अला वैकुण्ठपुरमलो’को हिन्दी डब रोक्न ‘शहजादा’ टिमले तिर्‍यो ८ करोड
सम्बन्धित विषयहरू:##कला/साहित्य

« यो पनि पढ्नुहोस्
साहित्यकार 'रोहित'को कविता 'कंक्रिट रुपी जंगल'

यो पनि पढ्नुहोस् »
चीनले धेरैभन्दा धेरै नेपाली फिल्मलाई स्वागत गर्ने
प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार वा प्रतिक्रिया दिनुहोस्।
सम्बन्धित खबर

साहित्यकार 'रोहित'को कविता 'कंक्रिट रुपी जंगल'
सोमबार, २० चैत २०७९
चीनले धेरैभन्दा धेरै नेपाली फिल्मलाई स्वागत गर्ने
शुक्रबार, ३ चैत २०७९
ओस्कार अवार्डमा कसले के के जिते: हेर्नुहोस सूची
सोमबार, २९ फागुन २०७९
सफाई पाएर रिहा हुँदा प्रफुल्ल देखिए पल
सोमबार, १५ फागुन २०७९
कविता : के धुवाँ हुनु भनेको हृदयको नजिक हुनु हो?
आइतबार, १४ फागुन २०७९
