संसारभर ओम्रिकोन भाइरसका संक्रमित बढेका समाचार आएसँगै विश्वभर फिल्म रिलिज स्थगित हुन थालेका छन् । भारतमा ठूला ब्यानरका केही फिल्मले अन्तिम समयमा आएर फिल्म रिलिज नगर्ने निर्णय गरे । नेपालमा संक्रमितको संख्या उल्लेख्य वृद्धि भएको देखिएको छैन तर पनि भविष्यमा बढ्न सक्ने संकेत पाएसँगै नेपाली फिल्म ‘प्रेमगीत ३’ले प्रदर्शन स्थगित गर्ने घोषणा गरेको छ । निर्माता सन्तोष सेनले सोमबार साँझ छोटो सूचना जारी गर्दै फिल्म अनिश्चित समयका लागि सरेको जानकारी गराएका हुन् । यो फिल्म फागुन १३ मा सार्वजनिक हुने कार्यतालिका थियो । दुई वर्षअघि पनि यो फिल्म कोभिड १९ कै कारण सरेको थियो । यो फिल्म उसबेला नयाँ वर्षको पूर्व सन्ध्यामा रिलिज हुँदै थियो । ‘प्रेमगीत ३’ सरेपछि यो पहिला रिलिज हुने फिल्ममा पनि खतराको घन्टी बजेको छ । दुई पटक सरेर पुस ३० मा रिलिज हुन लागेको ‘चपली हाइट ३’ र माघ १९ मा रिलिज हुन तयार ‘म यस्तो गीत गाउँछु २’ पनि अब सर्ने कि नसर्ने दोधारमा हुनेछन् ।
ओम्रिकोनको त्रास देखाउँदै फेरि सर्यो ‘प्रेमगीत ३’

ओम्रिकोनको त्रास देखाउँदै फेरि सर्यो ‘प्रेमगीत ३’

« यो पनि पढ्नुहोस्
साहित्यकार 'रोहित'को कविता 'कंक्रिट रुपी जंगल'

यो पनि पढ्नुहोस् »
चीनले धेरैभन्दा धेरै नेपाली फिल्मलाई स्वागत गर्ने
प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार वा प्रतिक्रिया दिनुहोस्।
सम्बन्धित खबर

साहित्यकार 'रोहित'को कविता 'कंक्रिट रुपी जंगल'
सोमबार, २० चैत २०७९
चीनले धेरैभन्दा धेरै नेपाली फिल्मलाई स्वागत गर्ने
शुक्रबार, ३ चैत २०७९
ओस्कार अवार्डमा कसले के के जिते: हेर्नुहोस सूची
सोमबार, २९ फागुन २०७९
सफाई पाएर रिहा हुँदा प्रफुल्ल देखिए पल
सोमबार, १५ फागुन २०७९
कविता : के धुवाँ हुनु भनेको हृदयको नजिक हुनु हो?
आइतबार, १४ फागुन २०७९
