दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ हुने भएको छ।लोकदोहोरी प्रतिभाहरुका लागि ‘दोहोरी च्याम्पियन’ हुन लागेको हो ।नेपाल टेलिभिजनबाट छिट्टै प्रशारण हुने तयारीका साथ यसको डिजिटल अडिसन सुरु भैसकेको छ।लोकगायक बद्री पंगेनी र लोकगायिका प्रिती आले ‘दोहोरी च्याम्पियन’को निर्णायकका रुपमा छन् ।फागुन १ गतेबाट सुरु भएको डिजिटल अडिसन ८ गतेसम्म चल्नेछ ।अडिसनमा सहभागिताका लागि एक जना पुरुष र एक जना महिलाको कलाकारको टिम बनाई कम्तिमा ४÷४ टुक्का दोहोरी गाएर फेसबुक अथवा इमेलमा पठाउनु पर्नेछ।‘दोहोरी च्याम्पियन’मा प्रथम हुनेले २० लाख पुरस्कार पाउनेछन् ।त्यस्तै दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः १० लाख, ३ लाख र २ लाख प्राप्त गर्नेछन् । फागुणको तेश्रो साताबाट यो शो टेलिभिजनमा प्रशारण हुनेछ ।