लेखक तथा पत्रकार वसन्त पराजुलीको कथासंग्रह ‘मोम्चो’ प्रकाशनमा आएको छ । भुँडी पुराण प्रकाशन प्रालिले प्रकाशनमा ल्याएको उक्त कृतिमा ११ वटा कथाहरू समेटिएको प्रकाशन संस्थाले जानकारी गराएको छ ।

साढे एक वर्षअघि वसन्तको पहिलो कथासंग्रह ‘कुमाता’ बजारमा आएको थियो । सोही कृतिबाट नेपाली आख्यान साहित्यमा प्रवेश गरेका पराजुलीको मोम्चो दोस्रो कथासंग्रह हो ।

मोम्चो चेपाङ भाषाको शब्द हो । चेपाङ भाषामा यसको अर्थ महिला वा नारी भन्ने हुन्छ । कथाकार पराजुलीले मोम्चो खासगरी नेपाली समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या, गर्नुपरेका संघर्ष र पितृसत्तात्मक समाजको परिणामस्वरूप सिर्जित नारी समस्यासँग सम्बन्धित कथाहरू संगृहीत कृति भएको बताए ।